फेरि अर्को राम्रो नियम : दैनिक ज्यालाको पैसाको बेलुका भट्टीमा छिरेर पिउने दिन सकियो …तलब सिधै बैंकमा जाने

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकमार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताए। मन्त्रिपरिषद्ले पास गरेको श्रम नियमावलीले हरेक उद्योग, प्रतिष्ठानले व्यवसायजन्य सुरक्षामा समेत जोड दिएको छ। कामदारको कार्यस्थलमा हुने दुर्घटना, मेसिनरी यन्त्र उपकरण सञ्चालन गर्दा सावधानी अपनाउने व्यवस्था उद्योग, प्रतिष्ठानले मिलाउनु पर्नेछ।
त्यस्तै कामको सिलसिलामा श्रमिक दुर्घटनामा परेको खण्डमा वा बिरामी भएमा उपचार गर्नुपर्ने छ। नियमावलीमा ५० भन्दा बढी महिला कार्यरत उद्योगमा तीन वर्ष भन्दा कम उमेरका शिशु राख्न शिशु स्याहार केन्द्रको व्यस्था हुनुपर्ने व्यस्था गरेको छ। साथै ५० भन्दा बढी श्रमिक कार्यरत उद्योगले विश्राम कक्षको समेत व्यवस्था गर्नुपर्ने छ।
satyasamachar

Comments

Popular posts from this blog

युट्युवमा उत्ताउलो अन्तरवार्ता दिने परी तामाङको भिडियो पोर्न साइटमा

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

विप्लव दाई नाकाबन्दी गर्ने मोदीलाई उडाउछु हाइड्रोजन बम चाहियो -पुर्ब जनमुक्तिसेना